सिटी एफए कप फुटबलको पाँचौ चरणमा

एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेको छ । शनिबार भएको चौथो चरणको खेलमा बर्नलीलाई ५-० गोल अन्तरले हराउँदै सिटीले पाँचौ चरणमा स्थान बनाएको हो । 

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिसस, बर्नार्डो सिल्भा,केभिन डी ब्रुएन र सर्जियो अग्युरोले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । बर्नलीका केभिन लङले आत्मघाती गोल गरे । 

बर्नलीविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा सिटीले खेलको २३ औं मिनेटमा जिससको गोलबाट अग्रता बनाएको थियो । 

null

दोस्रो हाफमा सिटीले थप ४ गोल गर्यो । खेलको ५२ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता २-० को बनाए । ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीको अग्रता ३-० को बनाए । 

खेलको ७३ औं मिनेटमा बर्नलीका लङले आत्मघाती गोल गर्दा सिटीको अग्रता ४ – ० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई ५-० को सहज जित दिलाए । 

अर्को खेलमा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २-० ले हराएर पाँचौ चरणको यात्रा तय गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *