काँग्रेसका नेता भुषाल नेकपामा प्रवेश भएपछि काँग्रेसमा खैलाबैला

 

माघ ६ चितवन । नेपाली काँग्रेसमा रहँदा अन्तर्घात गरेको आरोप लागेका तिर्थ भूषाल नेकपामा प्रवेश गरेका छन् । बिभिन्न निर्वाचनमा पार्टीबाट उम्मेद्धवारको आकाँक्षी बनेका उनले आफुले टिकट नपाए पछि पार्टीका उम्मेदवार हराउन सक्रिय रहेको आरोप लागेको थियो । 

पार्टीको गतिविधीलाई सुराकी गरेर विपक्षी दललाई सघाउँदै आएको आरोपमा उनलाई काँग्रेसले बहिस्कृत गर्दै आएको थियो । काँग्रेसले उनलाई सबै कार्यक्रममा निषेध गर्दै आएको थियो । पार्टीबाट आफैले मात्र अवसर खोज्ने भूषालले पार्टीका सक्रिय नेताले पाएको अवसरको विरोध गर्थे । अरु केही उपाय नरहेपछि बाध्यतावस उनी नेपाल कम्यूनिष्ट पार्टीमा गए पनि उनको बहिर्गमनबाट पार्टी बलियो भएको माडी काँग्रेसका नेता कार्यकर्ताको बुझाई छ । 

null

पूर्व जिल्ला सभापति भनिए पनि उनी केही समय कार्यवाहक सभापति मात्र रहेका थिए । पार्टीको हित विपरित सुराकी गरेको खुलासा भएपछि उनलाई हरेक कार्यक्रम र गतिविधीमा बञ्चित गरिएको थियो । उनले २०६४ सालको संविधान सभा निर्वाचनमा विपक्षी पार्टीलाई सघाएका थिए । उनले हरेक पटक आफैले टिकट पाउँनु पर्ने माग गर्थे । गत वर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल लाई सघाएको आरोप छ । 

भुषालले नेकपा प्रवेश गरेको खबर सार्वजनिक भए लगत्तै नेपाली काँग्रेस चितवनले उनले पार्टी छोड्दैमा कुनै क्षती नभएको प्रतिक्रिया दिएको छ । “बिगतमा उनको शंकास्पद गतिविधिबारे हामी जानकार थियौँ”, काँग्रेस चितवनका सचिव उत्तम जोशीले भने, “कारवाहीको तयारी भैरहेका बेला उनले छाडेर गएका हुन्, पार्टीले ३ वर्ष यता कुनैपनि गोप्य छलफलमा सहभागी गराउन छाडेको थियो ।” ०७० सालमै रामपुरमा तत्कालिन माओवादीका शिर्ष नेताहरु प्रचण्ड, रामबहादुर थापासँग गोप्य छलफल गरी पार्टी प्रवेश गर्ने तयारीमै उनी रहेको सूचना पाएपछि उनलाई पार्टीको जिम्मेवारीबाट अलग राखिएको काँग्रेसको भनाइ छ । 

“उनी पार्टीप्रति सक्रिय थिएनन्, माडीको मेयर पदमा समेत हामीले उम्मेदवार बनाएनौँ”, जोशीले भने, “अहिले पार्टी छाडेर गए, हामीलाई कुनै दुस्खेसो छैन ।” २०५१ सालमा चितवन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित बनेका भूषाल क्षेत्रको विकासमा केही काम नगरेको भन्दै जनताले तिब्र आलोचना गरेका थिए । तत्कालिन समयमा विकासले पछि परेको क्षेत्रमा उनले केही काम नगरेको त्यस क्षेत्रका कार्यकर्ताले गुनासो गरेका थिए । 

तत्कालिन समयमा नारायण शर्माले पाएको टिकट उनले बिन्ति गरेपछि टिकट मागेका थिए । माडी बस्दै आएका भूषाल नैतिक आचरणमा समेत विवादित बनेका थिए । उनका आफ्नै भाई शुभाष भुषालले सामाजिक संजाल फेसबुकमा कडा शब्दमा भूषालको बिरोध गरेका छन् । लोकतन्त्रमा आफुले चाहेको दलमा प्रवेश गर्नु स्वभाविक रहेको भन्दै उनी नेकपामा प्रवेश गरेर विगतमा लागेको आरोप पुष्टि भएको लेखेका छन् । भूषालकी श्रीमती सहित परिवारका सबै सदस्य भने काँग्रेसमै रहेको भनिएको छ । यसवारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराई पारिवारीक स्रोतले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *