एसिया कपबाट बाहिरियो भारत

दक्षिण एसियाली महारथि भारत एसिया कपबाट बाहिरिएको छ। एसिया कप फुटबल अन्तर्गत सोमबार भएको खेलमा भारत बहराइनसंग १-० गोल अन्तरले पराजित भएको हो । 

युएईको सारजाँह स्टेडियममा बहराइनलाई जिताउन जमल राशिदले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा राशिदले पेनाल्टीमा गोल गर्दै बहराइनलाई कठिन जित दिलाए। 

यो हारसँगै भारत समूह ‘ए’ बाट ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ। भारतले समूह चरणमा थाइल्याण्डलाई मात्र पराजित गर्न सक्यो। भारतमाथिको जितसँगै बहराइन ४ अंक जोडेर उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ। अघिल्लो चरण पुग्न भारतलाई बराबरीको नतिजानै पर्याप्त थियो  

null

समूहकै अर्को खेलमा शीर्ष स्थानको युएईले दोस्रो स्थानको थाइल्याण्डले १-१ गोलको बराबरी खेलेको छ। यो सँगै युएईको पाँच र थाइल्याण्डको चार अंकसहित शीर्ष २ भित्र अटाए। 

यसैबीच भारतीय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफन कोन्सटेनटाइनले पदबाट राजीनामा दिएका छन्। भारत एसिया कप फुटबलको समूह  चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक कोन्सटेनटाइनले पदबाट राजिनामा दिने घोषणा गरेका छन्। 

भारतीय फुटबल महासंघले प्रशिक्षकसँग कुनै औपचारिक छलफल नभए पनि उनको निर्णयलाई स्वीकार गर्ने बताएको छ। महासंघले कोन्सटेनटाइनले भारतीय फुटबलमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गरेको छ। 

नेपालको राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षकसमेत रहेका कोन्सटेनटाइन पछिल्लो समय भारतमा मुख्य प्रशिक्षकको रुपमा काम गर्दै आएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *