एक दिवशीय क्रिकेट: युएई विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

 

माघ १४, काठमाडौँ । घरेलु टोली युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । 

दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा घरेलु टोलीविरुद्ध पहिलो खेलमा टस हारेको नेपाल पहिले ब्याटिङको निम्तो पाएको थियो । दोश्रो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो भने आज पहिले फिल्डिङ गर्ने भएको हो । 

null

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछन् । 

पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । 

युएईलाई पराजित गर्दै सिरिज जितेमा नेपालको लागि यो ऐतिहासिक सिरिज हुनेछ । गत वर्षको चैतमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । तर यो सिरिजमा भने नेपालले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा सकाएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *