बायर्न म्युनिखले होफेनहमलाई तीन एकले हरायो, डर्टमन्डसँग अन्तर कम

जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले होफेनहमलाई तीन एकले हराउँदै शीर्ष स्थानका बोरुसिया डर्टमन्डसँगको अन्तर कम गरेको छ । 

प्रिजिरो एरिनामा भएको खेलमा बायर्नको जितमा लियोन गोरिज्काले दुई गोल गरे । खेलको ३४ औं मिनेटमा लियोनको गोलमार्फत बायर्नले खेलमा अग्रता बनाएको थियो । 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एलाबाको पासमा पुनः लियोनले नै गोल गर्दै खेल बराबरीमा पुर्‍यायाे।  

null

पहिलो हाफमा दुई गोलले पछि परेको होफेनहमले ५९ औं मिनेटमा गोल फर्काउन सफल भयो । उसका लागि निको सुल्सजले गोल गरे । तर ८७ औं मिनेटमा फेरि रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई तीन एकको जित दिलाए । 

जितसँगै बायर्नले १८ खेलबाट ३९ अंक बनाएको छ । शीर्ष स्थानको बोरुसिया डर्टमन्डको १७ खेलबाट ४२ अंक रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *