प्रभु बैंक लि. को नयाँ बचत खाता सञ्चालन


पुस १८, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज लि. हिजो देखी अनलाईन कारोबारको राफसाफ सञ्चालनमा ल्याएको छ । हिजो देखी सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि नेपाल स्टक एक्स्चेञ्जले प्रभु बैंक लि. लाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ ।
अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंक सम्म पुग्नु नपर्ने गरी बैंकले सुविधायुक्त प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता सञ्चालनमा ल्याएको हो । प्रभु बैंक लि. ले आज देखि सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी बसी सजिलै स्वचालित अनलाईन शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क e-banking सेवा उपलब्ध हुनेछ ।
प्रभु बैंकको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन शेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई शेयर कारोबार गर्न सहजता प्राप्त हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
null
