टोटेनहमको नाटकिय जित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले नाटकिय जित दर्ता गरेको छ । आईतबार राति भएको खेलमा टोेटेटहमले फुल्हमलाई २–१ गोल अन्तरले हराएको थियो । 

फुल्हमको घरेलु मैदानमा अन्तिम मिनेटमा गोल गर्दै टोटेनहमले महत्वपुर्ण तीन अंक बटुलेको हो । 

लाउरेन्टले १७ औ मिनेटमा आत्मघाति गोल गरेपछि घरेलु टोली फुल्हमले खेलमा अग्रता बनाएको थियो । डेली अलीले ५१ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

null

दोस्रो हाफको ईन्जुरी समयकाे अन्तिम मिनेटमा विंक्सले गोल गर्दै टोटेनहमलाई महत्वपुर्ण जित दिलाए । 

 जितसंगै टोटेनहमले २३ खेलबाट ४९ अंक जोडेको छ । रेलिगेशन जोनमा रहेको फुल्हमको १५ अंक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *