सिजी टेलिकमविरुद्ध दूरसञ्चार प्राधिकरण सर्वोच्च पुग्याे

 

पुस २४, काठमाडौँ । मोबाइल सेवा सञ्चालनको अनुमति पाएको सिजी टेलिकमविरुद्ध दूरसञ्चार प्राधिकरणले खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको छ । 

चौधरी समूहले सञ्चालनमा ल्याउने तयारी गरिरहेको सिजी टेलिकमको अन्तरिम आदेश रोकिपाउँ भन्दै मंगलबार नेपाल दूरसञ्चार प्राधिकरण सर्वोच्च अदालत पुगेको हो । 

null

नेपाल दुरसञ्चार प्राधिकरण कमलादीका निमित्त पुरुषोत्तम खनालका तर्फबाट वारेस रचिता आचार्यले निवेदन दर्ता गराएकी हुन्। प्राधिकरणले मंगलबार दर्ता गराएको निवेदनमा सिजी टेलिकमले अनुमति नै नलिएको दाबी गरेको छ। 

सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले पुस १० मा गरेको अन्तरीम आदेशमा ‘नेपाल सरकारबाट आधारभुत टेलिफोन सेवा सञ्चालनको अनुमति पाएकाले सिजीलाई काम अघि बढाउन दिनु’ भन्ने आदेश गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *