बुहारीलाई जिउँदै जलाउन खोजेपछि…

 

माघ ८, काठमाडौँ । विवाहको १८ वर्षसम्म पनि महिलाले बच्चा नजन्माएपछि एक महिलालाई परिवारले कुटपिट गरेर बेहोस बनाए । त्यसै हालतमा अन्तिम संस्कारका लागि घाटसम्म लिएर गए । चितामा आगो लगाउनुभन्दा पहिले स्थानीयले पुलिसलाई सूचना दिए । जब पुलिस त्यहाँ पुग्यो तब परिवार फरार भइसकेका थिए । 

 

null

जब प्रहरीले त्यहाँ पुगेर महिलाको अवस्थाबारे जानकारी लियो तब महिलाको श्वास चलिरहेको थियो । प्रहरीले उनलाई अस्पताल पुर्याएको छ । ती महिला सन्देश गाउँको रविन्द्र ठाकुरकी श्रीमती लक्ष्मीदेवी हुन् । उनको माइती बचरी गाउँ हो । उनी भगवान ठाकुरकी छोरी हुन् । 

 

उनलाई घरमा सशुराले कुटपिट गर्ने गरेको खुलेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

अर्ध बेहोशीको अवस्थामा महिलाले भनिन्, ‘पति र सासु ससुरा सधै कुटपिट गर्छन् । सोमबार तीनै जनाले पिटे । जब आँखा खुल्यो त आफैंलाई चितामा पाएँ ।’ 

उनको विवाह सन् २००१ मा भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *