आँखाकाे साैन्दर्य यसरी बढाउँनुहाेस्

 

पुस २५ । आँखा हाम्रो अनुहारको सुन्दर अंग भन्दा फरक नपर्ला । हाम्रो अनुहारको सौन्दर्य आँखाले पनि बढाउँछ । सुन्दर आँखा प्रति जो कोही पनि लठ्ठ हुन्छ । धेरैको प्राकृतिक रुपमा नै आँखा सुन्दर हुन्छ भने कसैले बिभिन्न तरिका अपनाएर पनि आँखा सुन्दर बनाउँन सकिन्छ । दुनियाँको नजर आफ्नो आँखाको सौन्दर्यमा खिच्न प्रायः युवतीहरू लालायित हुन्छन् । आँखा 

सबैका उस्तै हुँदैनन् । फरक–फरक आँखाका आकर्षणका लागि मेकअपको तरिका फरक–फरक हुन आवश्यक हुन्छ । आँखालाई सुन्दर बनाउन मेकअपको पनि ठूलो भूमिका खेलेको हुन्छ । मेकअपद्धारा पनि आँखालाई सुन्दर बनाउँन सकिन्छ । आखाँ कसरी सुन्दर बनाउँने केही टिप्स तल दिएका छन् । 

null

–  आँखा  साना  छन् भने तल्लो भागमा गाजल अनिवार्य नै  लगाउनु पर्छ । यस्ता आँखालाई आइलिडमा मात्रै हल्का गाजल लगाएर पुग्दैन । आइलिडभन्दा तलबाट गाजल लगाउनुपर्छ ।  

–  आँखाको गोलाइ छोटो भएमा मेकअप गरेर केही ठूलो देखाउनुपर्ने हुन्छ । यसका लागि आँखाको लाइनभन्दा बाहिरसम्म आइलाइन या आइपेन्सिल कोर्नुपर्छ ।  

– आँखाको तल्लो भागमा गाजल नलगाउनुहोस् । ठूला आँखालाई माथिल्लो भागमा मात्रै गाजल लगाएको सुहाउँछ ।  ठूला आँखालाई तल्लो भागमा पनि लगाउनै पर्ने भए आइलिडमा मात्रै हल्का प्रयोग गर्ने । 

– आँखाको तल सुन्निएको– झोलिएकोजस्तो (आइब्याग) छ भने यो भागमा डार्क कलरको बेस तयार गर्नुपर्छ । डार्क बेसले आइब्यागको नराम्रोपनलाई छोपिदिने काम गर्छ । 

– आँखावरिपरि डार्क सर्कल भएमा लाइट कलरको बेस तयार गर्नुपर्छ । लाइट कलरले डार्क सर्कल छोपेर फेसको अन्य स्किनसँग मिल्ने टोन ल्याउँछ । 

– लाम्चा आँखा छन् भने आँखाको लाइनभन्दा भित्रसम्म आइलाइनर –आइपेन्सिल कोर्नुपर्छ । आइलाइनर–आइपेन्सिल लगाउँदा आँखाको बीच भागबाट सुरु गर्नुपर्छ र छेउ–छेउसम्म तान्नुपर्छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *