गुराँस लाईफ इन्स्योरेन्ससँग कामना बैंकको बैंकासुरेन्स सम्झौता
मकालु खबर
२०७५ माघ ८ गते
माघ ८, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज बैंकासुरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ l
यस सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन l सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ l
null
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका थिए l
मकालु खबर
२०७५ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित