नेपालको उत्कृष्ट सुरुवातः पारस र सन्दीपले पनि लिए विकेट

 

माघ १४, काठमाडौँ । घरेलु टोली युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा कप्तान पारस खड्काले पनि विकेट लिएका छन् । 

पारसले विकेट लिएसँगै नेपाललाई चौँथो सफलता मिलेको छ । 

null

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले २० औं ओभरमा चौथो विकेट गुमाएको हो । नेपालका कप्तान पारस खड्काले मोहमद उस्मानलाई २६ रनमा आउट गरे । 

यसअघि करण, सोमपाल र सन्दिपले पनि विकेट लिइसकेका छन् । 

सोमपाल कामीले तेश्रो ओभरको पाँचौं बलमा आसिफ अहमिदलाई शून्य रनमा क्याचआउट गराएका हुन् । उनलाई बिनोदले क्याच गरेका थिए । 

त्यस्तै करणले करणले छैटौं ओभरको पाँचौं बलमा चिराङ सुरीलाई शून्य रनमा आउट भए । 

सन्दीपले गुलाम सब्बीरलाई १८ रनमा आउट गरे । गुलाम सब्बीरले मोहमद उस्मानसंग मिलेर ४५ रनको साझेदारी गरेका थिए मोहमद उस्मान । 

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछन् । 

पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *