कम उचाईका पुरुषहरु बढी सेक्सी
पुस २२ । धेरैजसो महिलाहरु अग्ला पुरुषहरुको चाहना गर्दछन् तर एक नयाँ शोधका अनुसार कम उचाईका पुरुषहरु सेक्समा बढि मजा लिने गर्दछन् ।
शोधका अनुसार पुरुषको उमेर, उचाई, तौल र स्वास्थ्यका हिसाबले यौनजन्य क्रियाकलापको तुलना गर्ने हो भने जवान र स्वस्थ पुरुषहरु यौनजन्य क्रियाकलापहरुमा बढि आनन्दित हुने गर्दछन् । उक्त अनुसन्धानमा ५ फिट ९ इन्चभन्दा कम उचाई भएका पुरुषहरुको सहवास गर्ने मात्रा निकै धेरै हुने गरेको पाइएको छ ।
null
यो अनुसन्धान २० देखि ५४ वर्षको ५३ पुरुषहरुमा गरिएको थियो । अनुसन्धानमा पाइयो कि हप्तामा तीन–चार पटक सेक्स गर्ने पुरुषहरु कम उचाईका थिए । यसबाट यो प्रष्ट हुन्छ कि उचाई कम भएका पुरुषहरु यौनजन्य क्रियाकलापमा बढि सक्रिय हुने गर्दछन् ।
उक्त अध्ययनमा उमेरदार मानिसहरुमा यौनजन्य क्रियाकलापमा कमी आउनुको कारण मोटोपन र पेट सम्बन्धि रोगहरु बताइएको छ । यद्यपी युवावस्थामा यो स्थितमा यसको प्रभाव कम देखिएको छ । (एजेन्सी)