रियलको सेमिफाइनल संभावना बलियो, जिरोना पराजित

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले जित निकालेको छ । बिहिबार राति भएको खेलमा रियलले जिरोनालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदानमा रियलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो। रियललाई जित दिलाउन कप्तान सर्जियो रामोसले २ गोल गरे । यस्तै लुकास भास्क्वेज र करिम बेन्जिमाले एक एक गोल गरे । जिरोनाका एन्थोनी लोजानो र एलेक्स ग्रानेलले एक एक गोल गरे । 

खेलको सातौ मिनेटमा लोजानोले गोल गर्दै जिरोनालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, १८ औ मिनेटमा लुकासले गोल गर्दै रियललाई खेलमा फर्काए । खेलको ४२ औ मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गरेपछि रियल २-१ ले अघि रह्यो । 

null

६६ औ मिनेटमा जिरोनाका एलेक्सले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । ७७ औ मिनेटमा कप्तान रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा रियल ३-२ ले अघि रह्यो । ८० औ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई ४-२ को जित दिलाए । 

पहिलो लेगको जितसंगै रियलले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग जिरोनाको मैदानमा हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *