युएई सिरिजका लागि नेपाल फर्किए सन्दीप, टिमसँगै भोलि युएई फर्कने

 

माघ ७, काठमाडौँ । अष्ट्रेलियामा जारी बिग बास लिग र बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) लिग खेलेर नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सोमबार स्वदेश फर्किएका छन् । 

आगामी शुक्रबारदेखि यूएईविरुद्ध हुने सिरिजका लागि सन्दीप सोमबार काठमाडौं आइपुगेका हुन्।युएईमा हुने सिरिजका लागि नेपाल मंगलबार त्यसतर्फ जाँदै छ । सन्दीप टिमसँगै भोलि मंगलवार युएइ फर्कनेछन्। 

null

सन्दीपले अस्ट्रेलियामा मेलवर्न स्टार्सका लागि ४ खेल खेलेका थिए। त्यसपछ बंगलादेश पुगेका उनले सिलेट सिक्सर्सका लागि ६ खेल खेले। 

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारेखमा खेल्नेछ । नेपालले २६ तारिखमा दोस्रो एक दिवसीय र २८ तारेखमा अन्तिम एकदिवसीय खेल्नेछ । 

नेपालले पहिलो टी–ट्वान्टी खेल जनवरी ३१ मा खेल्नेछ । त्यस्तै, दोस्रो फेब्रुअरी एक र तेस्रो फेब्रुअरी तीन मा खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *