‘विश्व रेकर्ड’ कायम गरेको त्याे फिल्म्, जसले बनायाे ऋतिकलाई सुपर स्टार

 

पुस २६, काठमाडौँ । ऋतिक रोशन १० जनवरीमा आफ्नो जन्मदिन मनाइरहेका छन् । सन् २००० मा चलचित्र ‘कहो ना प्यार हे’ बाट ऋतिकले बलिउडमा डेब्यु गरेका थिए । 

ऋतिकको यो चलचित्र ब्लकबस्टर थियो र उनी रातारात सुपर स्टार बनेका थिए । यति मात्र होइन सन् २००२ मा गिनीज बुक अफ वल्र्ड रेकर्डको अडिसनमा सबैभन्दा धेरै अवार्ड प्राप्त गरेको चलचित्रको रुपमा पनि यसलाई समावेश गरिएको थियो । 

null

ऋतिकको वास्तविक जीवनमा पनि यो चलचित्रको जस्तै प्रेमकथा थियो । वास्तविक जीवनमा ऋतिक आफ्नी श्रीमती सुजैनसँग ठीक त्यस्तै गरी मिलेका थिए, जसरी फिल्म कहो ना प्यार हे मा सोनिया अर्थात् अमीषा पटैलसँग ट्राफिक सिग्नलमा मिलेका छन् । 

 

सन् २००० मा चलचित्र रिलिज भएपछि ऋतिक न्यूजिल्याण्डमा फेमस भएका थिए । भिजा अधिकारकर्मीका अनुसार त्यस समयमा करीब भिजा परमिट्सको लिमिट ५ लाख यूएस डलरसम्म बढाउनु परेको थियो । 

चलचित्र ब्लकबस्टर भएपछि राकेश रोशनमाथि माफियाले हमला गरेका थिए । उक्त हमलामा एक गोली उनको छातीमा लागेको थियो । 

यद्यपी उनलाई तुरुन्तै अस्पताल लगियो, जसकारण उनी बाँच्न सफल भए । यो हमला उनलाई धम्क्याउनका लागि थियो ताकि उक्त फिल्म् को हिस्सा माफियालाई पनि मिलोस् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *