बलिउड स्टार ऋतिकको जन्मदिनमा उनका पूर्वपत्नीले किन लेखिन भावुक मेसेज ?

 

पुस २७ । बलिउड अभिनेता ऋतिक रोशनको ४५ औं जन्मदिनको मौकामा पूर्वपत्नी सुजेन खानले निकै भावुक मेसेज पोष्ट गरेकी छिन् । उनले ऋतिक र बच्चासँगका केही तस्बिर सेयर गर्दै उनलाई सोलमेटको संज्ञा दिएकी छिन् । 

सुजेनले लेखिन्, ‘सबैभन्दा राम्रा साथी’ 

null

सुजेन खानले आफ्नो पोष्टमा ऋतिक रोशनलाई आफ्नो सधैंको राम्रो साथी र सबैभन्दा प्यारो बताएकी छिन् । उनले आफ्नो पोष्टमा लेखिन्, ‘संसारमा मेरा सबैभन्दा राम्रा साथीलाई जन्मदिनको अनगिन्ती शुभकामना । यो शक्ति सधैं तिमीसँग रहनेछ ।’ सुजेन खानको यो पोष्टलाई उनका र ऋतिकका प्रशंसकले निकै रुचाइरहेका छन् । तर कतिले भने नकारात्मक टिप्पणी पनि गरेका छन् । 

 

अर्चना नामकी एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छिन्, ‘आफ्नो सोलमेटलाई किन डिभोर्स गर्यौ ? नक्कल पार्न छोड ।’ 

१४ वर्षको वैवाहिक सम्बन्ध तोडेः 

ऋतिक र सुजेनले सन् २००० मा विवाह गरेका थिए । तर केही समयपछि दुईबीच दुरी बढ्न थाल्यो । अन्ततः सन् २०१४ मा उनीहरुले छुट्टिने निर्णय गर्दै सम्बन्धविच्छेद गरे । 

पुनः नजिक भए ऋतिक–सुजेनः 

सम्बन्धविच्छेद भएको केही समयपछि ऋतिक रोशन र सुजेन खान पुनः नजिक हुनथाले । उनीहरुलाई धेरैजसो बच्चासँग छुट्टी मनाइरहेको देख्न सकिन्छ । केही समयअघि ऋतिक र सुजेनको पुनः विवाह हुने चर्चा चलेको थियो तर पछि दबैले यस्तो हुन नसक्ने बताए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *