तल्लो सदन सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी चुनिए

 

पुस २०, वासिङटन । अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिएकी छिन् । अमेरिकी संसदको सभामुख हुने उनी पहिलो अमेरिकी महिला नेतृ पनि भएकी छिन् । 

संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि अन्ततः पेलोसीले उक्त पद प्राप्त गर्न सफल भए । “सबै कङ्ग्रेस सदस्यहरु उक्तिकै योग्य छन्,” चुनावी प्रचारका क्रममा पेलोसीले भनेकि थिईन्, “तर मैले गरिरहेका कामप्रति मलाई गर्व छ ।” 

null

सभामुखको आसनमा पदस्थापन गर्दै पेलोसीले अमेरिकी विभाजित राजनीतिक वातावरणमा सबैसँग मिलेर कार्य गर्न उत्सुक रहेको बताए । उनले भने, “कङ्ग्रेसको यो सभाकक्ष अमेरिकी टाउन हल हुनुपर्दछ । यहाँ मानिसले हामीबीच हुने बहसलाई हेर्न पाउँनेछन् र जनताका आवाजहरु सुन्न पाउनेछ । जनआवाजले हाम्रा निर्णयमा प्रभाव पार्नेछ ।” 

डेमोक्र्याटिक पार्टीका प्राथमिकताबारे चर्चा गर्दै उनले स्वास्थ्यसेवाको लागत न्यून गर्ने, हरित पूर्वाधारमा लगानी बढाउने तथा सरकारको इमान्दारितालाई पुनस्र्थापित गर्ने बारेमा प्रकाश पाएका थिईन् । 

“हामीले मध्यम वर्गीय अमेरिकीको भलाईलाई उच्च प्राथमिकता दिनु पर्दछ, किनभने मध्यम वर्ग नै हाम्रो लोकतन्त्रको मेरुदण्ड हो,” पेलोसीले भनिन् । 

पाँच छोराछोरीको आमा तथा नौ नातिनातीनाकी हजूरआमा न्यान्सी पेलोसी अमेरिकामा एक्काइसौं शताब्दीकै सर्वाधिक शक्तिशाली राजनीतिज्ञका रुपमा उभिएकी थिईन् । 

ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीको बहुमत रहेको वर्तमान अवस्थामा तल्लो सदनको प्रभावशाली नेतृत्व प्रदान गरी डेमोक्र्याटिक पार्टीलाई अमेरिकी राजनीतिको केन्द्रमा ल्याउनुपर्ने चुनौती पेलोसीमाथी छ । 

पेलोसीमाथी डेमोक्र्याट पार्टीकै सदस्यबाट अर्को दबाब पनि छ, त्यो हो ट्रम्पविरुद्ध महाभियोगको प्रस्तावमाथी छलफल गर्ने । पेलोसीले राष्ट्रपति माथिको महाभियोग प्रस्ताव “विभाजनकारी कृयाकलाप” रहेको बताएकी थिईन् । 

“हामीले राष्ट्रपति बिरुद्ध राजनीतिक कारणबाट महाभियोग लगाउनु हुँदैन,” पेलोसीले भनिन् । उनले राष्ट्रपति विरुद्ध रोबर्ट मुलरको छानबिन समितिको प्रतिवेदनका नतिजालाई हेरेर मात्र नयाँ कदम चाल्न सकिने स्पष्ट गरिन् । 

अमेरिकी संविधान र न्यायिक प्रणालीमा वहालवाला राष्ट्रपतिलाई पर्याप्त आधार बेगर महाभियोग लगाउन सकिँदैन । राष्ट्रपति ट्रम्पले आफूले कुनै गलत कार्य गरेको निरन्तर अस्वीकार गरिरहेका छन् । 

सदनद्वारा बजेट पारित, मेक्सिको पर्खालमा बजेट परेन डेमोक्र्याटिक पार्टीको बहुमत हासिल गरेको अमेरिकी संसदको पहिलो सत्रले अमेरिकी सङ्घीय कार्यालयहरुको बजेट पारित गरेको छ । सदनले राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिज्ञा गरेका सीमा पर्खालको बजेटलाई भने अनुमोदन गरेको छैन । 

बिहीबार राति बजेट पारित गरेसँगै पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त सभामुख पेलोसीले भनिन्, “हामीले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न बजेट पारित गरेनौं । हामी पर्खालको विपक्षमा छौं भन्नेमा कसैलाई शंका छ र ?” 

बजेट पारित नभएका कारण १३ दिनदेखि कैयौं सङ्घीय कार्यालयहरु आंशिक बन्द छन् । राष्ट्रपति ट्रम्पले पर्खालका लागि बजेट पारित नभए विनियोजन विधेयकमा हस्ताक्षर नगर्ने अडान राखिभएको छ । ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्पले पर्खालको बजेटका बारेमा विशेषाधिकार (भिटो) लगाउन सक्ने बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *