नेपालको खराब ब्याटिङ, ११३ रनमा समेटियो

 

माघ १०, काठमाडौं । एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो एकदिवसीय क्रिकेट खेलिरहेको छ । 

दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा बिहान ११ः१५ देखि सुरु भएको नेपाल र युएईबीचको पहिलो खेलमा टस हारेको नेपालले पहिले ब्याटिङको निम्तो पाएको नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई जितका लागि ११४ रनको लक्ष्य दिएको छ । 

null

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो । खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० रन बनाए । सन्दीप लामिछाने १५ रनमा आउट भए । त्यस्तै विनोद भण्डारीले ५, पवन सर्राफले ४, करण केसीले ३ रन जोडेर आउट भए । ललित नारायण राजवंशी २ रनमा अबिजेत रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मी खाता नखोली सुन्य रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्न युएईका मोहमद नाभिद र अमीर हायतले ३र३ विकेट लिए । यस्तै इमरान हेदरले २ विकेट लिए । नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले दोस्रो एकदिवसीय शनिबार खेल्नेछ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *