फागुन २४ गते धरानमा दोश्रो मिसेस स्टेट हुने
पुस २४, धरान । बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि गराउँनुका साथै चुल्हो चौकामा मात्र सिमित नभई समाजमा केही गर्ने उदेश्यले बिवाहित महिलाहरुलाई सामेल गर्दै मिसेस स्टेट २०१९ आयोजना गर्ने भएको छ ।
आयोजक संस्था बुमेन वर्थ ग्रुपका अध्यक्ष सुजाता श्रेष्ठका अनुसार महिलाहरु चुल्होचौकामा मात्र सिमित नभई आफना आवाज बुलन्द गर्ने उदेश्यले पनि दोस्रो संस्करणको मिसेस स्टेट १०१९ को दोश्रो संस्करण आयोजना गर्न लागिएको हो।
null
प्रतियोगिता अन्र्तगत प्रतिस्पर्धामा सामेल बिवाहित महिलाहरुबाट बिभिन्न प्रकारको बिकृति बिरुद्ध आवाज उठाउने अभियनाको थालनी गर्ने समेत मंगलबार धरानमा गरिएको पत्रकार सम्मेलनमा श्रेष्ठले बताए ।
बिभिन्न वर्ग र उमेर समूहका बिच सौन्दर्य तथा प्रतिभा मूलक प्रतिस्पर्धा हुँदै आएका धरानमा यसै क्रममा गृहिणी र बिभिन्न पेशामा आबद्ध रहेका विवाहित महिलाहरु बिच मिसेस स्टेट २०१९ दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागेको कार्यक्रमका प्रचार प्रसार संयोजक विकास चाम्लिङ राईले जानकरी दिए ।
बिवाहित महिलाहरुको व्यक्तित्व विकास तथा उनीहरुलाई स्वावलम्बी बनाउँनका लागि समेत प्रतियोगिताले सहयोगी भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे।
डिजे ललित राईको कोरियोग्राफी रहने प्रतियोगितामा १ नं प्रदेशका बिभिन्न क्षेत्रमाबसी व्यापार, व्यवसाय तथा बिभिन्न पेशा गर्दै आएका र गृहिणी महिलाहरुले प्रतियोगितामा भाग लिन सक्नेछन्।
आयोजकका अनुसार आगामी माघ १९ गते धरानको हाङकुक साराङ एण्ड कोरियन रेष्टुरेण्टमा हुने अडिशनबाट छनौट हुने प्रतियोगीहरुलाई धरान बिभिन्न स्थानहरुमा एक महिनाभन्दा बढी समय सम्म दैनिकरुपमा अनुभवी विज्ञहरुद्धारा बिभिन्न विषयको तालिम र कक्षा प्रदान गरिनेछ।
प्रतियोगिहरुलाई व्यक्तित्व विकास, मोडलिङ वर्कशप, ग्रुमिङ, क्याटवक, श्रृंगार, जुम्बा, टेवल शिष्टाचार, आत्मनिर्भर तालिम, बिजनेश टक, पर्यटन प्रवर्दधन कक्षा जस्ता विषयमा एक महिना लामो प्रशिक्षण पश्चात प्रतियोगितामा उतारिने आयोजकले जनाएका छन्।
प्रतियोगिता भने आगामी फागुन २४ गते शुक्रबार नारी दिवसको अवसरमा धरान ८ स्थित सभागृहमा हुनेछ भने बिजेताले नगद १ लाखका साथै, क्राउन, ट्रफी र गिफ्ट ह्यामपर, दोश्रो हुनेले नगद रु ५० हजार क्राउन, ट्रफी र गिफ्ट ह्यामपर, तथा तेश्रो हुनेले नगद २५ हजार क्राउन, टफ्रि र गिफ्ट ह्यामपर पाउँनेछन । यसअघिको यो प्रतियोगितामा सम्झना लामिछानेले उपाधी जितेकी थिइन् भने कानुन कार्की दोश्रो तथा मिरा शंकर तेश्रो भएको आयोजक संस्था बुमेन वर्थ ग्रुपकी कोषाअध्यक्ष रोजी ताम्राकारले जानकारी दिईन ।