प्रथम मनमोहन स्मृति कप: सुपौल लाई हराउँदै ५ नं. प्रदेश विजयी

 

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा जारी प्रथम मनमोहन स्मृति कपमा भारतीय टोलि लाई हराउँदै प्रदेश नम्बर ५ विजयी भएको छ । ग्रुप सि अन्तर्गत सोमबार भएको खेलमा प्रदेश नम्बर ५ ले भारतको सुपौल लाई २३ रनले हराउँदै विजयी भएको हो । 

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर ५ ले सुपौल सामु २ सय ५४ रनको चुनौती प्रस्तुत गरेको थियो । प्रदेश नम्बर ५ को लागि प्रकाश केसीले ४६ तथा सुबेधु पाण्डेले ४० रनको योगदान दिएका थिए । २ सय ५४ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको सुपौल २ सय ३० रनमा अल आउट भयो । सुपौलका लागि जयचन्द यादवले ४० तथा राजेश सिंहले ३९ रन बनाएपनि टोलिको हार टार्न सकेन ।  

null

बलिङतर्फ प्रदेश नम्बर ५ का रुपेश कुर्मीले ५ विकेट लिए । ७ ओभर १ बल बलिङ गरेका कुर्मीले १ मेडेन सहित २९ रन दिएर ५ विकेट लिदै प्रदेश नम्बर ५ लाई जित दिलाएका थिए । रुपेश सोमबारको खेलको म्यान अफ द म्याच घोषित भए । रुपेश कुर्मी लाई इनरुवा नगर प्रमुख राजन मेहता र राखेप सदस्य शम्भु आचार्यले संयुक्त पुरस्कार वितरण गरेका थिए । 

जित संगै प्रदेश नम्बर ५ सेमिफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । प्रतियोगिता अन्तर्गत मंग्लवार प्रदेश नम्बर ७ र प्रदेश नम्बर ५ बीच प्रतिस्पर्धा हुने आयोजक समिति विप्लव घोषले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *