फागुन १२ गतेदेखि चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा ‘रेनो सर्भिस क्याम्प’

काठमाडौँ । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले रेनो सर्भिस क्याम्प संचालनमा ल्याएको छ। आफ्ना उपभोक्ताको सुविधाका लागि यहि फागुन १२ गतेदेखि क्याम्प सञ्चालनमा ल्याएको हो। 

यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुनेछ। जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने बताइएको छ। 

रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ रहेको छ। जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्नेछ । रेनोको सर्भिस क्याम्प देशका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ । 

null

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन्। जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निशुल्क दिइने जनाएको छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *