टी–ट्वान्टी क्रिकेट: ज्ञानेन्द्र, करण र सन्दीप पनि आउट

माघ १८, काठमाडौँ । दोस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ । 

युएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेटको रुपमा सन्दीप जोरालाई गुमाएको हो । 

सन्दीप १ रन जोडेर आउट भए । नेपालले १० ओभर १ बलमा ५ विकेट गुमाएर ४६ रन जोडेको छ । 

null

यसअघि नेपालले कप्तान पारस खड्का, प्रदीप ऐरी, उपकप्तान ज्ञानेन्द्र मल्ल, करण केसीलाई गुमाइसकेको छ । 

नेपालले पहिलो विकेटको रुपमा कप्तान पारसलाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा ओपनर प्रदिप ऐरीलाई गुमाएको हो । 

प्रदीपलाई अमिर हायतले ८ रनमा आउट गरे । कप्तान पारसलाई मोहमद नाभिदले आउट गरेका थिए । 

यस्तै नेपालले तेस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमायो। मल्ल १२ बलमा ७ रन जोडेर आउट गरे । करण केसी २० रन जोडेर आउट भए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *