पाठकको नाम आयुक्तको सूचीबाट हटाइयाे
मकालु खबर
२०७५ फागुन ४ गते
फागुन ३, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए । आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए ।
राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले आजदेखि लागू हुने गरी राजीनामा दिइएकाे जानकारी दिए ।
null
मकालु खबर
२०७५ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित