गणतन्त्रले बेथिती मात्रै बढायो, अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्छः कमल थापा

 

फागुन १३, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विसं २०४७ साल पछिका राजनीतिज्ञ, प्रशासक लगायतको सम्पत्ति छानविन गर्न माग गरेका छन् । 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष कमल थापाले यस्तो बताएका हुन् । 

null

कार्यक्रममा उनले छानविनका क्रममा नेपालीले विदेशमा लुकाएर राखेको सम्पत्ति राष्ट्रियकरण गर्न र शंकास्पद व्यक्तिको बैंक खाता तत्काल रोक्का गरी अवैध कारोबारमा संलग्न व्यक्तिलाई कानून बमोजिम कारवाही गर्नुपर्ने जोड दिए । 

सर्वोच्च अदालतको आदेशबमोजिम एनसेलले तिर्नुपर्ने पूँजीगत लाभकरलगायत सबै कर सरकारले असुल गर्नुपर्नेमा जोड दिँदै उनले वाइडबडी प्रकरणमा संलग्न तथा कर छली प्रकरणमा संलग्नलाई पनि दण्डित गर्नुपर्ने बताए । 

देश टुक्र्याउन खोज्ने तत्वलाई कडा कारवाही हुनुपर्ने आवश्यकता औल्याउँदै अध्यक्ष थापाले कालापानी, लिपुलेक र सुस्तालगायत क्षेत्रमा अतिक्रमित नेपाली भूमि फिर्ता लिन कुटनितिक पहल गर्न र सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी खुला सीमा व्यवस्थित र नियमन गर्न पनि माग गरे । 

राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने व्यवस्था कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गर्नुपर्नेमा पनि उनले जोड दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *