प्रणय दिवसको अवसरमा चन्द्रागिरिमा मनोरन्जनात्मक कार्यक्रम

 

काठमाडौं। एकीकृत पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्समा आउँदो बिहिबार मनोरन्जनात्मक कार्यक्रम हुने भएको छ। प्रणय दिवसको अवसरमा चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना गरेको हो। 

कार्यक्रम दिउँसो १२ बजे देखि ३ बजे सम्म चन्द्रागिरी हिल्स लिमिटेडको टप स्टेशनमास्थित बारमा संचालन हुने छ। 

null

प्रणय दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आउने पर्यटकले प्रति जोडी ३,९९९।– तथा प्रति व्यक्ति २,४९९।– को प्याकेज पनि प्राप्त गर्न सक्ने छन्। यो प्याकेजमा पर्यटकले छुट्टै केबलकार, लाइभ म्युजिक, बिशेष प्रकारका खाना तथा लक्की ड्र मार्फत गिफ्ट प्राप्त गर्न सक्ने छन्। 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको कम्पनीले जनाएको छ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *