व्यवहारिक र प्रविधि मैत्री शिक्षामा प्रदेश सरकारको जोड : मन्त्री घिमिरे

फागुन १, बिराटनगर । प्रदेश नम्वर १ का सामाजिक विकास तथा शिक्षा मन्त्री जिवन घिमिरेले प्रदेश सरकारले शिक्षालाई व्यवहारिक र प्रविधि मैत्री बनाउँदै लैजाने बताएका छन् । 

सुनसरीको इटहरीमा रहेको कोशी सेन्टजेम्स आवासिय माध्यामिक विद्यालयका विद्यार्थीहरुले आयोजना गरेको विज्ञान प्रर्दशनीको अवलोकनपछि मन्त्री घिमिरेले यस्तो बताएका हुन् । उनले नेपाली विद्यार्थीहरुको क्षमतालाई पहिचान गरी व्यवहारिक र प्रविधी मैत्री शिक्षामा प्रदेश सरकारले जोड दिने बताए । 

कोशी सेन्टजेम्सका विद्यार्थीहरुले आफुहरुले अध्ययन गरिरहेका विषयहरुलाई समावेश गरि कोशी बृहत प्रर्दशनीको आयोजना गरेका छन् । विद्यार्थीहरुले हासिल गरेको सिप र ज्ञानलाई प्रस्फुटन गराउँदै उत्साहित बनाउन आयोजना गरिएको बृहत प्रर्दशनीमा विद्यार्थीहरुकै सहभागितामा तयार पारिएका बिभिन्न विषय सम्वन्धी सामाग्रीहरु प्रर्दशनीमा राखिएका छन् । 

null

विद्यार्थीहरुले तयार पारेका सेन्सर जडित ढोका देखि लिएर हिटर उत्पादन गर्ने विज्ञान सम्वन्धी सामाग्रीका साथै अन्य विषयका पाठ्यक्रम अनुसारका सामाग्रीहरु समेत  प्रर्दशनीमा राखेका छन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *