नायिका मिरुनाले भनिन्, ‘प्रदीप खड्कासँग फिल्म खेल्दैमा भाग्य बल्दैन’

 

फागुन १३, काठमाडौँ । भर्खरै चलचित्र क्षेत्रमा डेब्यु गरेकी मिरुना मगर अहिले साईनोको प्रमोशनमा व्यस्त छिन् । 

मिरुनाले डेब्यु गरेकी चलचिचत्र लाल पुर्जा र दोस्रो चलचित्र रोज बक्स अफिसमा डुबेपछि चलचित्रमा नायिका मिरुनाको भविष्य अन्योल देखिएको छ ।  

null

सुन्दरी मिरुनाको अभिनय राम्रो भएपनि उनी अभिनित चलचित्र व्यापारिक रुपमा सफल नहुनु र अहिलेका चर्चित अभिनेता प्रदिप खड्कासँग काम गर्दा पनि खासै चर्चा नहुनुले फिल्मी क्षेत्रमा उनलाई अनलक्की गर्लका रुपमा पनि हेर्न थालिएको छ । 

हुन त नायिकाकाे भविष्य चलेका हिराेका हातमा हुन्छ भन्नु नै मुर्खता हाे । सबैले अभिनय क्षमताले नै चर्चा कमाउने गर्छन् ।  

यस्तैमा सोमबार चलचित्र साईनोको गीत सार्वजनिक गर्ने कार्यक्रममा नायिका मिरुनाले अभिनेता प्रदीप खड्कासँग काम गर्दैमा लक नलाग्ने भन्दै आफूमाथि टिप्पणी गर्नेहरुलाई कडा जवाफ दिएकी छिन् । 

कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै मिरुनाले भनिन्, ‘प्रदीपसँग काम गर्दैमा कसैको भाग्य बल्दैन । कसैलाई लक लाग्दैन । फेरि प्रदीपले कसैको भाग्य बाल्नका लागि काम गर्ने पनि होइन । फेरी म अनलक्की नायिकामा पर्छु जस्तो लाग्दैन् । काम गर्ने बेलामा व्यापार राम्रो होला भनेर गर्ने गरेको छैन ।’ 

प्रदिप खड्कासँगै काम गरेकी प्रेमगीत–२ की नायिका अश्लेषा ठकुरीको पनि खासै भाग्य बलेको देखिएन । उनको त अभिनय नै खासै रुचाइएन । तर प्रदीपसँगै काम गरेका ‘प्रेमगीत’ की नायिका पूजा शर्मा र ‘लिलिबिली’ की नायिका जसिता गुरुङले केही हदसम्म सफलता र चर्चा बटुलेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *