नेपालद्वारा यूएई ४ विकेटले पराजित

माघ १८, काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेटको जित हात पारेको छ । 

यूएईले दिएको १ सय ८ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको थियो। दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका हुन्। 

तीन खेलको टी–२० सिरिजअन्तर्गत बिहीबार भएको पहिलो खेलमा २१ रने पराजित भएको नेपालले शुक्रबारको खेलमा जित निकालेसँगै ३ खेलको सिरिज १–१ को बराबरी गर्न सफल भएको छ। 

null

कप्तान पारस खड्का दोस्रो बलमै आउट हुँदा नेपाललाई सुरुवाती झड्का लागेको थियो। पारसलाई युएईका कप्तान मोहमद नावीदले आउट गरेका थिए। अर्का ओपनर प्रदीप ऐरी ८ रनमा आउट भएका थिए। 

यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ७ रन, करण केसी २० रनमा आउट हुँदा नेपालले ८ ओभरमा ३९ रन जोड्दा ४ विकेट गुमाएको थियो। 

यसअघि टस जितेर ब्याटिङ रोजेको यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७ रनमात्रै जोड्न सकेको थियो। 

नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शन गरेपछि यूएई सो स्कोरमा समेटिएको हो। यूएइका चुन्दानगापोइल रिज्वानले सर्वाधिक ४४ रन बनाए । ४३ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे। यस्तै शाइमन अनवरले १४, मोहम्मद बुटाले ११ रन बनाए । 

नेपालका अविनाश बोहराले ३ विकेट लिए। चार ओभरमा अविनाशले २० रनमात्रै खर्चे। यस्तै सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए। 

नेपालले हालसम्म दुई टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलिसकेको छ । बंगलादेशमा सम्पन्न सन् २०१४ को टी-ट्वान्टी विश्वकप खेलेको नेपालले साेही वर्ष हङकङसंग श्रीलंकामा पहिलो पटक ५ खेलको सिरिज खेलेको थियो । 

तर, उक्त सिरिजको चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसंग २ विकेटले प राजितभएको थियो । 

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्डविरुद्ध ४ खेलको टी-ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले सिरिज ३-१ ले गुमाएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *