ऋणको भारी बोकाएर रेल ल्याउने झुठो आश्वासन जनतालाई नबाँड : कांग्रेस प्रबक्ता शर्मा 

माघ २१, चितवन। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै आज चितवनमा शक्ति प्रदर्शनको आयोजना गरेको छ । 

 

कांँग्रेसले जनताको मर्म, भावना बिपरित बर्तमान सरकार लागिपरेको भन्दै केन्द्रीय  कार्यक्रम अन्तर्गत चितवनको भरतपुर चौविसकोठी, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक शहिदचोक हुँदै पुलचोकसम्म पुगेर विरोध प्रदर्शनको आयोजना गरेका हुन् । कोणसभा कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशलाई ऋणको भारी बोकाएर रेल ल्याउने झुठो आश्वासन जनतालाई नबाँड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी समेत दिएका छन् । 

null

विदेशी ऋणमा श्रीलंकाले बन्दरगाह गुमाएको उदाहरण दिँदै नेपालको रेलवेमा चीनको झण्डा फहराउने सपना नदेख्न चेतावनी दिए । खर्बौं रुपैयाँको ऋण लिएर श्रीलंकाले हम्बनटोटामा बन्दरगाह बनायो, चीनको ऋण तिर्न नसकिने भनेर हात उठाएपछि बन्दगाहमा चाइनाको झण्डा फहराइएको छ,’ प्रवक्ता शर्माले भने, ‘होशियार देश बनाउने नाममा ऋणको भारी बोकाउन पाइँदैन ।’ भारत, चीन वा अमेरिका जसले दिएपनि अनुदान लिन सकिने भएपनि खर्बौं रुपैयाँ ऋण लिन नसकिने बताए । 

पाकिस्तानमा इमरान खाँनले कँराची देखी पेशावर रेलको सम्झौतामा ऋणको आकार घटाएको तथा मलेसियामा महाथीर मोहम्मदले  चीनले दिन लागेको पूर्वी तटीय रेल नाइन ऋण रद्दलाई गरेको उदाहरण दिँदै प्रवक्ता शर्माले ऋणको भारी बोकेर रेल नचाहिने बताए । ‘सबै सतर्क बनौं, अनुदानलाई स्वागत गरौं, आफ्नो लगानी क्षमता बढाएर रेल बनाऔं तर, नेपालको रेल्वे लाइनमा चीनको झण्डा फहराएको रेल हेर्न नेपाली जनता तयार छैनन्,’ उनले भने ।लगानीका नाममा बुढीगण्डकी आयोजनामा जस्तै रकम उठाएर बेइमानी नगर्न सरकारलाई उनले खबरादी गरे । 

उनले देशमा कम्युनिष्ट पार्टीको अधिनायकवादको झल्को देखिन लागेको भन्दै त्यो कांग्रेसका लागि स्वीकार्य नहुने समेत बताए । यस्तै, उनलेे देश विकासको नाममा विदशी ऋणको भारी बोक्न नेपाली जनता तयार नभएको समेत बताए । धुर्मस–सुन्तलीले चितवनमा अन्तर्राष्ट्रिय रंगशाला बनाउन सक्ने सरकारले बुढीगण्डकी बनाउन नसक्ने भन्दै उनले प्रधानमन्त्रीको क्षमतामाथि समेत प्रश्न गरे । 

भ्रष्टाचार र महंँगी नियन्त्रण गर्न सकेनन्, शान्तिसुरक्षामा पनि असफल : प्रबक्ता शर्मा यसैबीच, दुई तिहाइ समर्थनको बामपंथी सरकार वाइडबडी खरिदमा भएको भ्रष्टाचार र महँगी नियन्त्रण गर्न असफल भएको बताएका छन् । चितवन आएका नेपाली कांँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार भ्रष्टाचार नियन्त्रण, कालोबजारी, महंगी नियन्त्रणमा असफल भएको आरोप लगाएका छन् । 

जनतालाई शान्तिसुरक्षा समेत दिन सकेको छैन यो कस्तो सरकार हो भनी चर्को आलोचना समेत गरेका थिए । उनलेे १३ बर्षिया बालिका निर्मला पन्त  हत्यारा प्रकरणमा दोषीलाई किन उन्मुक्ति दिएको ? भनी प्रश्न समेत गरे । बरु,१२ वर्षमा पत्ता लगाउँछु तर हत्यारा छोड्दिन भन्नुस्, यो कस्तो रामराज्य हो ? निर्दोषलाई दोषीको रूपमा खडा गराउने ? हत्यारा पत्ता लगाउन सक्नुभएन भने, जनतासँग माफ माग्न समेत प्रधानमन्त्रीलाई सुझाव दिए ।  

म ओली, प्रचण्ड लाई मात्रै होइन हिजो एमाले र माओवादीलाई भोट दिने जनतालाई पनि सोध्छु यो कस्तो रामराज्य हो ? ।” देशमा महँगी सगरमाथाको शिखरजस्तो उचाइमा पुगे पनि सरकारले नियन्त्रण गर्न कुनै कदम चालेको छैन । उनलेे भने, बामपंथी सरकारलाई हिजो अत्याधिक भोट जिताएर पठाउने जनता कहाँ छन् ? कस्ले के पायो खै ? जनतालाई निराश बनाउने खेलमा सरकार लागिपरेको र कांँग्रेसलाई यो सह्य नहुने चेतावनी समेत दिए । उनलेे भने, रोष्टम भाँच्न काँग्रेस लाई एक दर्जन सांसद काफी हुने चेतावनी दिएका छन् । 

सरकारले काम गर्न नसकेकोमा काँग्रेसलाई दोषारोपण गरिएको उनले आरोप लगाए । ‘स्वर, शब्द र संगीत आफ्नो, नृत्य राम्रो भएन भनेर अरुलाई दोष दिन मिल्छ ?’, शर्माले प्रश्न गरे । ओली सरकारले स्वीट्जरल्याण्डको सपना देखाएर दक्षिण कोरियाको यात्रा तय गरेको दाबी गर्दै सरकारको कमजोरी नै यहि भएको बताए ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *