आलिया र रणबीरको प्रेम सम्बन्ध बिग्रदै
माघ २३, काठमाडौँ । बलिउड नायक/नायिका रणबीर कपूर र आलिया भट्टको प्रेम सम्बन्धमा दरार पैदा भएको छ । यी दुईको सम्बन्धमा दरार आएको खबर नबभारत टाईम्समा लेखिएकाे छ ।
बिगत केही समय देखी यी जोडी एक अर्काको प्रेममा मस्त थिए । नबभारत टाईम्समा लेखिएको छ, नायिका भट्टको धेरै फोन र म्यासेजले दिक्क भएका रणबीरले आजभोलि नायिका भट्टको फोन र म्यासेजकाे रेप्लाई कम गर्न थालिसकेपछी यी दुईबीचको सम्बन्धमा दरार उत्पन्न भएको हो । यी जोडी एकअर्का प्रति निकै रिसाएका छन् ।
null
रणबीरका बुवा/आमा नितु र ऋषिले पनि आलियालाई निकै मन पराउँछन् र बुहारी बनाउँन चाहन्छन् त्यसैले यही वर्ष भित्र यी दुई जोडीको बिवाह होस भन्ने चाहन्छन् । रणबीरले आलियाको फोन उठाउन छाडेपछी आजभोली अलियाले रणबीरको आमा नितुलाई फोन गर्न थालेकी छिन् र उनी रणबीरको बुवा ऋषि कपूरलाई भेट्न बारम्बार न्युयोर्क पुगेको खबर पनि आएको छ ।
आलिया आफ्नो प्रेम सम्बन्ध प्रति निकै गम्भिर छिन् र आफ्नो सम्बन्धअ झ् बलियो बनाउन चाहन्छिन् तर, रनबिरलाई यो कुरा पटक्कै मन पर्दैन । यहि कारण यी दुवै बीच को सम्बन्ध अहिले निकै खराब भईरहेको छ ।