अमेरिकाको नक्कली विश्वविद्यालयबाट १२९ भारतीय पक्राउ

 

माघ २१, काठमाडौँ । अमेरिकाको मिशिगन राज्यको युनिभर्सिटी अफ फार्मिङ्गटनबाट १२९ भारतीय विद्यार्थीहरु पक्राउ परेका छन् । 

अवैध रुपमा बस्दै आएका प्रवासीलाई पक्राउ गर्न अमेरिकाले सञ्चालनमा ल्याएको नक्कली विश्वविद्यालयमा अध्ययनरत १२९ विद्यार्थीलाई पक्राउ गरेको हो । 

null

अमेरिकाले जानीजानी नक्कली विश्वविद्यालय बनाएर भारतीय विद्यार्थीहरुलाई धोकाधडी गरी पक्राउ गरेको भन्दै भारतले विरोध जनाएको छ । 

अमेरिकी सुरक्षा बलका एजेन्टले सञ्चालन गरेका यस विश्वविद्यालयको मुख्य उद्देश्य नै पैसा खर्च गरेर अवैध रुपमा अमेरिकाको बसाइँ लम्बाउन खोज्नेहरुलाई पहिचान गरेर कारवाही गर्नु रहेको थियो । भारतीय विद्यार्थी पक्राउ परेपछि मात्रै यसको रहस्य खुलेको हो । 

पक्राउ परेका विद्यार्थीहरुलाई कानुनी सहायता उपलब्ध गराउन भारतले माग गरिरहेको छ । 

अमेरिकाले यो नक्कली विश्वविद्यालय सन् २०१५ देखि नै चलाउँदै आएको छ । यसको नक्कली वेबसाइट र नक्कली फेसबुक पेज पनि छ । 

 

अमेरिकाल त्यहाँ वैध तरिकाले आउने र अमेरिका बसेर काम गर्नका लागि गलत तरिकाबाट लामो समयसम्म बस्ने कोशिस गर्नेहरुलाई नियन्त्रणमा लिनका लागि यस्तो उपाय अपनाएको हो । 

यो प्रकरणमा १३० विद्यार्थी पक्राउ परेका हुन् । तिमध्ये १२९ जना भारतीय छन् । 

 

यदि यी विद्यार्थीहरु दोषि पाइएमा निर्वासनको सजाय हुनेछ । भनिन्छ, आठ जनामाथि युनिभर्सिटीमा नामांकन गराउन सघाएको आरोप छ । यो आरोप फाइदाका लागि भिसा दुरुपयोग अन्तर्गत पर्दछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *