गुप्ताङ्गमा ब्राउन सुगर लुकाई ल्याउने महिला पक्राउ

  

माघ १९, कैलाली । कैलालीको लम्की चुहा १ राजीपुरबाट प्रहरीले ब्राउन सुगर सहित एक महिलालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीले लम्कीचुहा नगरपालिका वडा नं.१ राजीपुर जंगल नजिकै ३४ बर्षिया तारा शाहीलाई २३ ग्राम ब्राउन सुगर सहित रंगे हात पक्राउ गरेको छ । 

बिशेष सुचनाको अधारमा प्रहरीले तारा शाहीलाई खान तलासी गर्दा गुप्ताङ्गमा लुकाई राखेको अवस्थामा उक्त परिणाममा ब्राउन सुगर फेला पारेको हो । 

null

शाही संग रहेको से ७ प २५५९ नम्बरको स्कुटी तथा बिदेशी रुपैया समेत बरामद गरिएको छ । शाही लामो समय देखि नै लागुऔषध ओसारपसारमा प्रत्यक्ष संलग्न रहेपनि प्रमाणको अभावमा पक्राउ गर्न सकिएको थिएन । 

आज शनिबार सुराकीको आधारमा टीकापुरबाट पछयाउदै राजीपुरमा खानतलासी गर्दा यस क्षेत्रको अहिले सम्मकै ठुलो परिणाम लागुऔषध ब्राउन सुगर सहित शाहीलाई पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी नायव निरिक्षक सुरेन्द्र प्रसाद जोशीले बताए । 

यस क्षेत्रमा लागुऔषध ओसार पसार तथा बेचबिखन गर्ने प्रमुख भुमिका शाहीको रहेको समेत उनले जानकारी दिए । गत असार महिनामा ईलाका प्रहरी कार्यालय लम्कीले ३ सय १० मिलिग्राम आगुऔषध सहित पक्राउ गरिएकी ६५ बर्षिया जला देबि शाही तारा शाहीकी सासु रहेको समेत प्रहीरीले बताएको छ । प्रहरी बयानका क्रममा तारा शाहीले उक्त ब्राउन सुगर भारतीय बजार तिकुनीयाबाट ल्याएको बताएकी छिन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *