एन आई सी एशिया बैंकको Send 1 Get 1 Free योजना

फागुन १, काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक एन आई सी एशिया बैंक लिमिटेडले विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना सुरु गरेको छ । 

स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकहरुलाई उच्चतम सेवा दिने अभिप्रायले एन आई सी एशिया रेमिट मार्फत एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना (Send 1 Domestic Remittance and Get 1 Free) सार्वजनिक गरेको हो । 

बैंकले यो योजना यहिं २०७५ साल फाल्गुण र चैत्र दुई महिनाका लागि ल्याएको छ । यस अवधिमा बैंकको ग्राहकहरु तथा कुनै पनि व्यक्तिले एन आई एशिया रेमिट मार्फत नेपालभरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त सक्नेछन् । 

null

 

एन आई सी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युन शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक महानुभावहरु अझ बढि लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

एन आई सी एशिया रेमिट मार्फत पठाएको आन्तरिक विप्रेषणको रकम यस बैंकको मुलुकभर फैलिएको २७६ शाखा कार्यालयहरु, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । 

यो सुविधाबाट ग्राहकहरुले पैसा पठाउँदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *