वैदेशिक रोजगार विभाग ताहाचलबाट ५ विचौलिया समातिए

फागुन ५, काठमाडौँ । श्रम तथा वैदेशिक रोजगार विभाग ताहाचलबाट ५ जना विचौलियालाई पक्राउ गरिएको छ । 

महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले विशेष सूचनाका आधारमा गणेश कटुवाल लगायत ५ जना विचौलियालार्य नियन्त्रणमा लिएको हो । विचौलियाहरुले दश गुणा भन्दा बढी रकम लिएर काम गरिदिने तथा नक्कली भिषा कार्ड समेत बनाइदिने गरेको खुल्न आएको छ । 

शनिबार काठमाडौं महानगरपालिका २६ स्थित मित्रनगर मेचिकालि गेष्टहाउसबाट कटुवाललाई नियन्त्रणमा लिइएको हो । 

null

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *