भरतपुर महानगरको पहलमा पहिलोपटक ट्राफिक लाईट जडान

 

फागुन १४, चितवन । चितवनको नारायणगढस्थित शहीदचोकमा पहिलोपटक ट्राफिक व्यवस्थापनका लागी ट्राफिक लाईट जडान गरिएको छ । 

सवारीसाधन र सर्वसाधारणहरुको बाक्लो आवागमन हुने नारायणगढ स्थित शहिदचोकमा भरतपुर महानगरपालिकाले ट्राफिक लाईट जडान गरेको हो । करिब २५ लाखको लागतको ट्राफिक लाईट परीक्षण प्रयोगका रुपमा जडान गरिएको भरतपुर महानगरपालिकाका ईन्जिनियर बिराट घिमिरेले बताए । 

null

नीजी साझेदारी अवधारणमा यार्शा टेक्नोलोजी काठमाण्डौंले २० लाख र भरतपुर महानगरपालिकाले ५ लाख रुपैयाँ व्यहोरेको छ । लगानी गरेबापत यार्शा टेक्नोलोजीले विज्ञापन वोर्ड राख्ने छ । 

शहिदचोकको प्रभावकारीता हेरेर पुल्चोक, चौविसकोठी, र हाकिमचोकमा छिट्टै लाईट राख्ने महानगरपालिकाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *