मलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने १४ प्रतिशतले घटे

सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेको बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ। 

मलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या १४ प्रतिशतले घटेको खबर आजको कारोबार दैनिकमा छ। 

यसको असर तत्काल रेमिट्यान्स आप्रवाहमा नदेखिए पनि अर्को वर्ष भने रेमिट्यान्स घट्ने देखिन्छ। 

null

खाडी राष्ट्रमा आएको आर्थिक मन्दी र सरकारले मलेसिया जान रोक लगाएसँगै चालू आर्थिक वर्षको सात महिनासम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक्कासी घटेको हो। 

चालु आवको माघ महिनासम्ममा वैदेशिक रोजगारीमा जाने युवाको संख्या अघिल्लो वर्षभन्दा ४४ हजारले घटेको वैदेशिक रोजगारी विभागले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *