जापानलाई हराउँदै कतारले जित्यो एसियन कपको उपाधि

माघ १९, काठमाडौँ । जापानलाई पराजित गर्दै आउँदो विश्वकप फुटबल आयोजक कतारले एसियन कप फुटबलको उपाधि हात पारेको छ । 

संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित जयाद स्पोर्टस सिटी स्टेडियममा शुक्रबार भएको फाइनल खेलमा चारपटकको विजेता जापानलाई फाइनलमा ३–१ ले हराउँदै कतारले पहिलोपटक एसियन कप फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको हो । 

कतारलाई जिताउन अलमोइज अली, अब्दुलअजिज हेतन र अक्राम अफिफले गोल गरे । जापानका लागि मिनामिनोले एक गोल फर्काए । 

null

पहिलो हाफमै २ गोल गरेको कतारका लागि खेलको १२ औँ मिनेटमा अलमोइज अलीले गोल गर्दै कतारलाई सुरुवाति अग्रता दिलाए । २७ औँ मिनेटमा हेतनले गोल गरेपछि कतारले पहिलो हाफमा २–० को अग्रता लियो । ६९ औँ मिनेटमा मिनामिनोले जापानका लागि एक गोल फर्काए । 

 

खेलको ८३ औँ मिनेटमा भिएआर मार्फत पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै अफिफले गोल गरेपछि कतारले ३–१ को जित निश्चित गरेको हो । 

जितसँगै कतारका अलमोइज अलीले एसियन कपको इतिहासमा एउटै प्रतियोगितामा सर्वाधिक गोल गर्ने कीर्तिमानी बनाए । 

 

सुडानमा जन्मिएर सानैमा कतार गएका अलीले फाइनलमा कतारका लागि १२ औँ मिनेटमा गरेको गोल उनको यो प्रतियोगिताको यस संस्करणमा नवौँ गोल थियो । यसरी एसियन कपमा एउटै संस्करणको प्रतिस्पर्धामा उनले धेरै गोल गर्ने कीर्तिमान बनाएका हुन् । 

२२ वर्षका उनले गोल्डेन बुट जिते । उनले इरानका लेजेण्ड अली दाईले बनाएको कीर्तिमान भंग गरेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *