कामना बैंकको ६८ औँ शाखा जनकपुरमा
मकालु खबर
२०७५ फागुन १५ गते
फागुन १४, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. ९ स्थित पिडारी चोकमा मंगलबार ६८ औँ शाखा कार्यालय विस्तार गरेको हो ।
null
बैंकका सञ्चालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेताले संयुक्त रुपमा उद्घाटन गरी कारोबार शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं २ मा यो सँगै ४ वटा शाखा पुगिसकेको र यसलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताए ।
ेबैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा मार्फत् ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।
मकालु खबर
२०७५ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित