नेकपाकाे सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग

फागुन १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंग्याउने सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित कार्यदल भंग भएको छ । शुक्रबार बिहान बसेको केन्द्रीय सचिवालय बैठकले नेकपा स्थायी समितिले गठन गरेको कार्यदल भंग गर्ने निर्णय गरेको हो । 

महत्वपूर्ण जिम्मेवारी पाएको कार्यदलले ढिलासुस्ती गर्दा पार्टी एकताको कामले गति लिन सकेको छैन । विभिन्न कारण र बहाना देखाउँदै कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि सत्तारुढ नेकपा कार्यदल नै भंग गर्ने निर्णयमा पुगेको हो । 

कार्यदल भंग भएसँगै एकता सम्बन्धी बाँकी काम अब पार्टी केन्द्रीय सचिवालयले गर्ने जानकारी दिइएको छ । कार्यदल स्थायी समितिले बनाएकाले भंग गर्ने सचिवालयको निर्णय पनि स्थायी समितिबाट अनुमोदन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई बताए। 

null

पार्टी एकताबारे छलफल गर्न बसेको बिहीबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रक्षामन्त्री ईश्वर पोखरेलले कार्यदल विघटन गर्ने प्रस्ताव राखेपनि बहुमत सदस्य त्यसको विपक्षमा उभिएपछि विना निष्कर्ष बैठक टुंगिएको थियो । बैठकमा कार्यदलका सदस्यहरुले एकताको काम सम्पन्न गर्न एक हप्ताको समय माग गरेका थिए । 

स्थायी समितिको १३ पुषको बैठकले विभिन्न जनवर्गीय संगठन,मोर्चा, विभाग र बाँकी रहेका कमिटीहरुको एकता टुङ्ग्याउन गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *