भरतपुर महानगरकी उपप्रमुखलाई धम्की दिनेलाई कारवाही गर्न नेपाली कांग्रेसको माग

चितवन । नेपाली काग्रेंस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहलाई ज्यान मार्ने धम्की दिनेलाई तत्काल कारवाही गर्न माग गरेको छ । नेपाली काग्रेंसको भातृ संगठन महिला संघ चितवनकी सभापति समेत रहेकी पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आउनु आपत्तीजनक भएको भन्दै तत्काल कारवाही गर्न माग गरेको हो । 

नेपाली काग्रे्रस चितवनका सचिव उत्तम जोशीद्वारा जारी प्रेस विज्ञप्तीमा जनप्रतिनिधिका रुपमा सामाजिक काम गर्दा गर्दै सामाजिक सञ्जाल मार्फत धम्की दिने प्रवृतिले मनोवल गिराउने काम भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो । 

 

null

कुनै पनि बहानामा यस्ता धम्की तथा मनोवल गिराउने काम नगर्न नगराउन समेत पार्टीले विज्ञप्ती मार्फत जनाएको छ । यस्ता गतिविधि गर्ने उपर कारवाही गर्न समेत सम्न्धीबत निकायसंँग माग गरिएको छ । आउँदा दिनमा यस्ता घटना नदोहोर्‍याउन समेत चेतावनी दिइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *