भ्रष्टाचारमा कसैले उन्मुक्ति पाउँदैन, राजनारायण पाठकमाथि कारवाही हुन्छः अख्तियार प्रमुख

फागुन १२, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त राजनारायण पाठकमाथि कारवाही गरिने बताएका छन् । 

आइतबार राष्ट्रियसभा अन्तर्गतको दीगोविकास तथा सुशासन समितिको बैठकमा जवाफ दिँदै प्रमुख आयुक्त घिमिरेले पाठकमाथि छानविन भइरहेको र केही दिनभित्रै अनुसन्धानको निष्कर्ष बाहिर आउने दाबी गरे । 

भ्रष्टाचारमा कसैले पनि उन्मुक्ति नपाउने भन्दै आयुक्त घिमिरेले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणमा बयान लिने काम भइरहेको जानकारी गराए । 

null

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा ७८ लाख रुपैयाँ घूस लिएका पाठकले केही दिनअघि राजीनामा दिएका थिए । उनलाई महाअभियोग लगाएर कारवाही गर्न संसदमा माग भइरहेको छ । 

आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएका हुन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *