एन आई सी एशिया बैंकका ग्राहकले घरैमा बसेर ग्राहक पहिचान अद्यावधिक गर्न सक्ने
फागुन १४, काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले अव घरमै बसेर ग्राहक पहिचान अद्यावधिक गर्न सक्ने भएको छ । बैंकले इन्टरनेट मार्फत ग्राहक पहिचान अद्यावधिक (KYC Update) गर्ने सुविधा ल्याएपछि एन आइ सी एशिया बैंकका ग्राहकलाई ग्राहक पहिचान अद्यावधिक गर्न बैंकको शाखा कार्यालयहरुमा जानु नपर्ने भएको हो ।
यस सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक www.nicasiabank.com मा Login गरि “update KYC Online” portal मा आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइ.डी. राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नेछन् । बैंकले ग्राहकहरुलाई ग्राहक पहिचान अद्यावधिक गर्न सहजता होस् भन्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याएको बताएको छ ।
null
बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहकमैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्नत गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रित हुँदै सेवा प्रदान गर्दै आइरहेको छ ।