कार्यदल विघटन गर्ने ओलीको प्रस्ताव, योगेशले भने, ‘एक हप्ता दिनुस् चमत्कार गर्छौँ’

 

फागुन ९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंग्याउने सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित कार्यदलले काम सम्पन्न गर्न एक हप्ताको समय माग गरेको छ । 

पार्टी एकताबारे छलफल गर्न बसेको बिहीबारको सचिवालय बैठकमा कार्यदलका सदस्यहरुले एकताको काम सम्पन्न गर्न एक हप्ताको समय माग गरेका हुन् । 

null

महत्वपूर्ण जिम्मेवारी पाएको कार्यदलले ढिलासुस्ती गर्दा पार्टी एकताको कामले गति लिन सकेकाे छैन । विभिन्न कारण र बहाना देखाउँदै कार्यदलले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा पार्टी एकता झनै अलपत्र परेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठक पनि विना निष्कर्ष टुंगिएपछि बैठक भोलि बिहान फेरि डाकिएको छ ।  

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै रक्षामन्त्री ईश्वर पोखरेलले कार्यदल विघटन गर्ने प्रस्ताव राखेपनि बहुमत सदस्य त्यसको विपक्षमा उभिएको स्रोतले बतायो । 

बैठकबाट बाहिरिएपछि सदस्य योगेश भट्टराईले विभिन्न कारणले प्रतिवेदन बुझाउन नसकेको स्वीकारर्दै अब छिटो सम्पन्न गर्नलाई कार्यदललाई १ हप्ता समय दिन सबैले माग गरेको जानकारी गराए । 

सचिवालयले म्याद थपेर दिएपछि पार्टीले दिएको जिम्मेवारी सम्बन्धी सबै विषयलाई टुंग्याएर कार्यदलले सिफारिससहित प्रतिवेदन बुझाउने बताए । पार्टीले एक हप्ताको समय दिएमा चामत्कारिक ढंगले काम गरेर रिपोर्ट बुझाउने उनले दाबी गरे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *