विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोवार
विराटनगर, माघ २९ । स्वदेशी उत्पादनको प्रबर्द्धन गर्ने उद्देश्यले गत माघ ९ गतेदेखि विराटनगरमा सुरु भएको विराट जुत्ता चप्पल मेलामा तीन सातामा १ करोड मूल्य बराबरको जुत्ताचप्पल विक्री भएको छ ।
विराटनगरको मेनरोडमा गएको माघ ९ गतेबाट शुरु भएको १ महिने जुत्ताचप्पल मेलामा २१ दिनमा १ करोड मूल्य बराबरको जुत्ताचप्पल विक्री भएको मेला आयोजक समितिले जनाएको छ ।
null
‘२१ दिनको अवधिमा १ करोड मूल्य बराबरको ३५ हजार जोर जुत्ताचप्पल विक्री भएको छ । नेपाली जुत्ताचप्पललाई आम उपभोक्ताले विस्वास गर्नुभएको छ ।’ मेला संयोजक होमनाथ उपाध्यायले भने ।
उनले स्वदेशी फुटवेयर उद्योगका गुणस्तरिय उत्पादनप्रति आम उपभोक्ताको चासो दिनानुदिन बढदो रहेको समेत बताए । मेलामा सहभागि देशभित्रका ८ वटा प्रतिष्ठित जुत्ताचप्पल उद्योगले १५ देखि ६० प्रतिशतसम्मको छुटमा आफ्ना उत्पादन विक्री गरिरहेका छन ।
जुत्ता चप्पल मेलामा विएफ डियर हिल, रन सुज, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको छ ।