सार्वजनिक खरिद नियमावली विपरित एफ.एम. काे ठेक्का आब्हान गरेको भन्दै उजुरी

फागुन ५, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ विपरित रेडियो गुठिचौर एफ.एम. निर्माण कार्यको टेन्डर विनै ठेक्का गरि प्रक्रिया अघि बढाएको छ । 

नेपाल सरकारको सार्वजनिक बोलपत्र खरिद गर्ने वेवसाइडमा बोलपत्रको कुनैपनि डकुमेन्ट नराखि विओक्यू मात्रै राखेर ठेक्का खुलाएर नितीगत भ्रष्टाचार गर्न खोजेको छ । 

 

null

रेडियो गुठिचौर एफ.एम. निर्माणका लागि आवश्यक सेवा शर्त, रेडियोको क्षमता, स्थान, स्फेसिफिकेशन लगायतका विषय वोलपत्रमा उल्लेख हुनुपर्नेमा गाउँपालिकाले कुनै विवरण नै उल्लेख नगरी टेण्डर आब्हान गरेको छ । गत माघ १ गते जारी सूचनामा रेडियो गुठिचौर एफएम निर्माण मात्र भनिएको छ । 

सार्वजनिक खरिद नियमावली अनुसार कोटेसन नै उल्लेख नगरि ठेक्का आब्हान गरेकोले एफएम निर्माण ठेक्का रद्ध गरिनुपर्ने सुस्मीत इन्टरप्राइजेज प्रा.लि.का प्रतिनिधि अंजिर सिंह विकले बताए । 

 

गाउँपालिकाले सार्वजनिक वेभसाइटमै राख्ने ठेक्कामा समेत मिलेमतो गरेपछि दुई वटा कम्पनीले ठेक्का रद्ध गरिपाउँ भनि निवेदन दिएपनि गाउँपालिकाले वेवास्ता गरेको छ । 

गाउंँपालिकाले सूचना गरेका थुपै टेन्डरहरुमा बोलपत्रका डकुमेन्टहरु राखेपनि रेडियोको बोलपत्रको कुनै पनि कागजात नबनाई आफ्ना निकटका केही ब्यक्तिलाई ठेक्का दिनका लागि यस्तो गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । 

पिपिएमओमा ठेक्का अधुरो भएपनि प्रक्रिया अघि बढाइने गुठिचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले बताए । रेडियो कति वार्डको हो भन्ने सूचनामा पनि जानकारी छैन भन्दा उनले आफ्नो कार्यालयको कागजातमा भएको भन्दै कतिपय कुराहरु बोलपत्रमा खुलाउन जरुरी नभएको प्रतिक्रिया दिए । 

‘कतिपय प्राविधिक कुराहरु हुन्छन्, जसलाई टेण्डरमा उल्लेख गर्न आवश्यक छैन, हामीले प्रक्रिया पुरा गरेरै टेण्डर आब्हान गरेका छौं ।’ उनले मकालु खबरसँग भने । गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले आफुलाई यस विषयमा केहि जानकारी नभएको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *