चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेलको राजीनामा
मकालु खबर
२०७५ माघ २३ गते
काठमाडौ । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले मंगलबार आफ्नो पदबाट राजीनामा दिएकी छिन । पौडेलले बुधबारदेखि लागू हुने गरी आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएको जानकारी दिइन्।
उनेले भनिन्, “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताइन्। उनी २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकी थिइन्।
पौडेलले पहिलो पटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गरेकी छिन्।
null
मकालु खबर
२०७५ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित