अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी बने सन्दीप जोरा

 

माघ १७, काठमाडौँ । नेपालका क्रिकेट खेलाडी सन्दीप जोरा अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा अर्धशतक बनाउने कान्छा खेलाडी बनेका छन्। 

संयुक्त अरब इमिरेटस (युएई) सँगको पहिलो टी–ट्वान्टी क्रिकेटबाटै अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका उनले ४६ बलमा ५३ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । 

null

१७ वर्ष १०३ दिनका हुँदा सन्दीपले यो कीर्तिमान बनाएका हुन्। सन्दीप अन्तर्राष्ट्रिय टी ट्वान्टीमा डेब्यू गर्ने नवौँ युवा खेलाडी पनि हुन् । 

डेब्यू खेलमा सबैभन्दा धेरै रन बनाउने तालिकामा भने सन्दीप १९ औँ नम्बरमा रहे । 

आज भएको पहिलो टी–ट्वान्टी क्रिकेटमा नेपाल युएईसँग २१ रनले पराजति भएको छ । गत सोमबार भएको खेलमा युएईलाई ४ विकेटले हराएर नेपालले ३ खेलको एकदिवसीय सिरिज २–१ ले जित्दै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हात पारेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *