हराएकाे मान्छे (कथा)
शुक्रवारको दिन बेलुकीको झण्डै ५ बज्न लागेको थियो । गाडीहरू तछाडमछाड गर्दै को अगाडि जाने भन्ने होडबाजीमा आलोपालो मिच्दै मान्छे तानातान गर्न लडिबुढि गरिरहेका थिए । हातमा कालो ब्याग समातेर उनी अर्थात झरना गाडीछेउ आइपुगिन् । म नजिकै ओर्लने भएकाले गर्दा बाहिर नै उभिएको थिएँ । खलासी भाइले तुलसीपुरसम्म हो भनेर उनलाई सिटमा लगेर राखिदियो ।
कुर्था सुरुवाल, लामो कालो कपाल, ओठमा हल्का रातो लिपिष्टिक, आँखामा गाजल एकोहोरो हेरी नै रहे । केही छिनमा गाडी भरियो र आफ्नो गन्तव्य तय गर्यो ।
null
त्यो भीडमा मेरो नजर केवल उनीमाथि नै परिरह्यो । बारम्बार हेर्दिन भने पनि खै हेर्न मन लागिनै रहने, मानौँ मलाई लत नै बसे जस्तो । गाडीमा बजेको मिठो संगीतमा उनी रमाइरहेकी थिइन कसैको मत्लव थिएन । उनको चेहेरामा हेर्दा यो कुरा प्रष्ट देखिन्थ्यो । म भने उनीसँग कसरी बोल्ने, उनी को होलिन, कहाँ कि होलिन, भनेर एकोहोरो सोचमा डुबी नै रहेँ ।
सर्राको ओरालो झरेर गाडी पन्चड भैदियो । मलाई त के खोज्छस् कानो आँखो भने झै भयो । गाडीमा चिनेका साथी भएकाले मलाई सहज थियो ।उनी बसेको ठाउँनेर सिट मिलाइदिन आग्रह गरें । मैले भने मुताबिक खलासी भाइले ठाउ बनाइदिए ।
मनमा ठुलो सहास बोकेर मुख खोलेँ, “हजुर कहाँसम्म हो ?”
एकछिन नसुनै झै गरी उनी बोलिनन् । मैले पुनः दोहोर्याएँ, “हजुरलाई सोधेको ?”
“ए, म तुलसिपुरसम्म ।” उनको यो अभिव्यक्तिले मैले सहजै बुझें, उनलाई अन्जान मान्छेसँग बोल्ने आदत छैन ।
एकजना महिलालाई बसेको सिट छोडेर म केही अगाडिको सिटमा गएर बसे । साउनको महिना पानी एकाएक दर्कियो । पुरै आकास कालोनिलो भयो धर्ती सारा अन्धकार भयो । गाडीको टायर पनि बनाएर सकियो । घडीले बेलुकीको ६ बजायो । बिस्तारै रातको लाली पृथ्वीमा बिछिन थाल्यो । पानीको मात्रा रोकिएन, झनभन्दा झन ठुलो पानी दर्कियो । बाक्लो पानीको कारणले गाडीहरू बाटामा नै उभिएका थिए । खोलाहरुमा पानीको मात्रा बढ्दै थियो ।
उनकोजुन जस्तो अनुहारमा ग्रहण लागे झैँ भयो । फोन कसैलाई नलागेर हो कि के भएर कोहीसँग उनको सम्पर्क भएको थिएन ।
बिस्तारै ७ बजे नारायणपुर आइपुगियो । मान्छेको हुलले भरिएको गाडी नारायणपुरमा आधी भयो, खोलाहरू बढेको सुनेर कतिपय यतै आफन्तकोमा बस्न थाले । मेलै उनको अनुहार नियालिरहेको थिएँ । उनी चिन्तित देखिन्थिन्, डराएको जस्तो महसुस गरिरहेकी थिइन् । साँढे सात भयो गाडी दुधराससम्म आइपुग्यो । संक्राम खोला निकै ठुलो आएकाले गाडीहरुको लाम फोर्टिनाइन चोकसम्म थियो ।
“अब गाडी योभन्दा उता जाँदैन, आ-आफ्नो व्यवस्था आफै गर्नुहोस्,” भनेर ड्राइभर गाडीबाट ओर्लियो । ऊ मेरो आफ्नै गाउँको थियो ।
उनकोजुन जस्तो अनुहारमा ग्रहण लागे झैँ भयो । फोन कसैलाई नलागेर हो कि के भएर कोहीसँग उनको सम्पर्क भएको थिएन । बाहिर पानी परिरहेको थियो । मलाई अत्यन्त माया लाग्यो र आफैं सानो भएर बोलाएँ । यता हजुरको कोही आफन्तहरू हुनुहुन्छ कि नाइँ ? सायद उनलाई म प्रति विश्वास भएछ क्यारे दुख बिर्साइन्, “नाई कोही हुनुहुन्न । मेरो घर पश्चिम हो, दिदीको रुममा जान लागेको थिएँ तुलसीपुर । तर यस्तो भैदियो । फोन पनि लागेको छैन के गरुँ के ?”
उनको यस्तो अभिव्यक्तिले मन बिक्षिप्त भयो । “मसँग मेरो घरमा जाऊ ममी हुनुहुन्छ । उहाँसग बस्नुहोला, मेरो घर यहीँ हो जाऊँ । हजुरको यता कोही हुनुहुदो रहेनछ !”
“नाईँ, नचिनेको मान्छेको घरमा, त्यो पनि केटा मान्छेको घरमा । जाँदिन गाडीमा नै बस्छु ।”
मैले पुनः आग्रह गरेँ, “विश्वास छ भने हिड्नुस्, म नराम्रो केटा होइन ।”
मैले आफ्नो प्रसंशा आफैं गरें । घडीले रातको साँढे आठ बजाइसकेको थियो । म निस्किएँ । “जाने भए आउनुस्,” भन्दा उनी पनि “पर्खिनुस् म आउँछु,” भनेर ओर्लिइन ।
उनीसँग भएको छाता ओडेर हामी घरतिर प्रस्थान गर्यौं । बाटोमा सबै आफ्नो बारेमा उनले बेलीबिस्तार लगाइन् । लमहीमा बसेर हेल्थपोस्टमा जब गरिरहेकी उनको घर पवननगरतिर रहेछ । दिदीसँग लमहीमा बस्दै आएकी उनको परिवारमा आमा बुबा दाइ दिदी र उनी रहेछन् । उनले सबै कुरा भन्दाभन्दै हामी घरमा आइपुग्यौ ।
ममी निदाइसक्नुभएको रहेछ, उठाइन । पहिले खाना तताए बाँडी-चुँडी खायौं । एकछिन बसेर दुवैका बारेमा कुराहरू सेयर गर्यौं । कति चाँडै १० बजिसकेछ, उनले “सुतौं है अब” भनेपछि ममीलाई उठाएर उनलाई ममीसँग सुताइदिएर म आफ्नो कोठामा गएँ। उनको बारेमा सोच्दा सोच्दै कतिबेला निदाएछु थाहै भएन ।
बिहान सात बजे ममीले उठाउनु भयो, उठेँ । सबै सपना जस्तै लाग्यो, “ममी झरना खै?”
“उनी त बिहानै उठेर घरमा गैसकिन् ।”
म मौन भएँ । “ए !” मात्रै भनेर फ्रेस भएँ । अनि चिया पिउन थालें । सोचें, किन यसरी जान्छु नभनी गइन होला ? कतै मबाट केही भूल भयो कि ? अँहँ, होइन केही भूल भएको छैन, भनेर म आफ्नो काममा लागें ।
तीन-चार दिनपछि फोन आयो, “कपिलजी हो ?”
“हजुर हो ।”
“धन्यवाद कपिलजी । म अस्ति हजुरले सहयोग गरेको मान्छे । नरिसाउनु होला, नसोधी आएँ भनेर । यही नम्बर हो मेरो, कहिलेकाहीं सम्झिनु होला ।”
हवस् भनेपछि फोन काटियो ।
चार-पाँच दिनपछाडि लमहीको बजार भीडभाड पनि उत्तिकै थियो । कोही मान्छे सुर्खेतबाट आएका थिए, कोही रुकुम, रोल्पा त कोही बाजुरा बैतडी । चाट र पानीपुरी बेच्नेलाई भ्याई नभ्याई थियो । कोही हतारमा दौडधुप गरिरहेका थिए, कोही थकित भएर आराम गरिरहेका थिए । घडीमा बिहानको दश बजेको थियो । म बिहीबार गजल अभियान देउखुरीको रचना-वाचन कार्यक्रमका लागि तुलसीपुरबाट त्यहाँसम्म पुगेको थिए ।
सिमसिम सिमसिम पानी परी नै रहेको थियो । हल्का चिसो पवनसँगै शरिरले न्यानो खोजिरहेको आभास हुन थाल्यो । बाटो छेउमा रहेको पसलमा गई एककप चिया मगाएँ । गोजीमा भएको मोबाइल निकालेर कार्यक्रम हुने ठाउको लोकेसन सोधें । एकछिन फेसबुक खोलेर साथीहरुका गजल, कविता, मुक्तकहरू पढ्न थालें, चिया आयो पिउन थाले । आज कुन कुन गजलहरू वाचन गर्ने होला, कस्तो होला त्यहाँको माहोल, म त्यो कुरामा मन दौडाइरहेको थिएँ । एक्कासि उनको अर्थात झरनाको फोन आयो, “कता हुनुहुन्छ मलाई बिर्सिनु भएको ?”
म झसङ्ग झस्किएँ, “ओहो कहाँ बिर्सिनु, कहाँ हुनुहुन्छ ?”
“हजुरकै शहरमा छु आज करिब ५ बजेसम्म। आज म हाफ छुट्टी लिन्छु भेटौ न।”
म मौन भएँ । एकछिन भित्रभित्रै खुसी भएँ ।
“के भयो नभेट्ने?”
“नाईं नाईं, भेट्ने । १२ बजेबाट मेरो कार्यक्रम छ २ बजेसम्म । अनि भेटौंला। म कल गर्छु तिमीलाई ।”
“हवस् कल गर्नुस् है,” मैले बिदा मागे अब, “हवस् ।”
फोन राखी म देउखुरी होटलतिर प्रस्थान गरें । सबैको उपस्थिति भैसकेको रहेछ । म कार्यक्रम हलमा प्रवेश गरें, कार्यक्रम सुरु भयो । हल पुरै गजलमय बन्यो । सबै गजलको स्वादहरुमा झुमिरहेका थिए । आएको भर्खरै जस्तो लाग्थ्यो कार्यक्रम सकिएछ । सबैजना एकले अर्कालाई धन्यवाद र शुभकामनाका शब्दहरू अर्पण गर्दै मोबाईलमा फोटा खिचाउन थाले ।
घडीले दुई बजाउन लागिरहेको थियो, “मैले झरनालाई कल गरे कहाँ हुनुहुन्छ ?”
“म अब केही छिनमा निस्कन्छु । हजुरको कार्यक्रम सकियो?”
“हजुर सकियो, म पनि अब निस्कने । यता चोकतिर आउनुस् कफी पिउदै कुरा गरौंला है !”
हवस् भनेर म कार्यक्रम हलबाट निस्किएँ । चोकमा उनी पहिले नै उभिइरहेकी रहिछन्, भेट भयो । सन्चो बिसन्चो सोध्दै कफी पसलमा छिर्यौं । सबै प्रेम प्रेमिकाहरू मात्रै देखिन्थे । कफी पसलमा मलाई कता कता अप्ठ्यारो लाग्यो । सायद मेरो मनको कुरा बुझेर होला उनै बोलिन्, “अप्ठ्यारो नमान्नुस्, हामी असल साथी हौं ।अरुको मत्लब छोडिदिनुस्, के लिनुहुन्छ !”
धेरै दिन भयो फोन पनि लाग्दैन, न फोन नै आउँछ । दिन बिते, महिना दिन बिते, आज ठ्याक्कै एक वर्ष भयो उनी सम्पर्कबिहीन भएको ।
“कफी मात्रै?”
“अँ, हुन्छ कफी मात्रै,” म मौन भएँ ।
“कस्तो भयो त कार्यक्रम ?”
“ए राम्रो नै भयो, हजुर आउनु भएन,” मैले थोरै व्यङ्ग्य हानें ।
“अँ साँच्चै, अब हामी एकअर्कालाई तिमी भनौँ नि है!” उनीबाट एक्कासि आएको प्रश्नले मलाई झस्काइदियो । मैले जवाफ दिएँ, “हुन्छ उसोभए तिमी नै भनौं ।”
कफी आयो, दुवैले कफी पिउन थाल्यौं ।
“ममीलाई सोधेको छ भनिदेऊ है कपिल !”
“हुन्छ, म भनिदिउँला । तिम्रो परिवारलाई नि सम्झेको छु है,” मैले थपें ।
“कसरी सम्झियौ नि मेरो परिवारलाई चिन्दै नचिनी ?”
कुरा मिलाएँ, “किन, नदेखेपछि सम्झन्न हुन्न भन्ने छ र ?”
“त्यो त छैन अनि !”
“किन यस्तो भनेको त ?”
“छोड यी कुरा, भेट भयो खुसी लाग्यो । तिमीलाई नि रात पर्छ घरमा जाऊ, म नि रुम जान्छु । फेरि मौका मिलाएर भेट गरौला हैं,” उनी यसो भन्दै कफीको पैसा दिएर हात हल्लाउदै निस्किइन् । म पनि घर फर्किएँ ।
धेरै दिन भयो फोन पनि लाग्दैन, न फोन नै आउँछ । दिन बिते, महिना दिन बिते, आज ठ्याक्कै एक वर्ष भयो उनी सम्पर्कबिहीन भएको । झरना नाम थाहा छ, पवननगर घर हो थाहा छ, लमही हेल्थपोस्टमा काम गर्छिन थाहा छ, तर अँझै अपरिचित छिन उनी । गुमनाम छिन् उनी । कसैले कतै भेट्टाउनु भयो भने भनिदिनुहोला – कपिलले खुब सम्झिएको छ ।
बेलझुण्डी, दाङ