अग्युरोको ह्याट्रिक, चेल्सीको पोष्टमा आधा दर्जन गोल

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई ६-० गोल अन्तरले हराएको हो । 

घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक गरेपछि सिटीले चेल्सीको पोष्टमा आधा दर्जन गोल हानेको हो । यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल गर्दा इल्क्ये गुन्डुगानले एक गोल गरे । 

चेल्सीविरुद्ध सिटीले पहिलो हाफको २५ मिनेट भित्रै ४ गोल गरेको थियो । खेलको चौंथो मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

null

 

खेलको १३ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता २-० को बनाए । १९ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३-० को बनाए । खेलको २५ औं मिनेटमा गुन्डुगानले गोल गर्दै सिटीको अग्रता ४-० को बनाए । 

खेलको ५६ औं मिनेटमा अग्युरोले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ५-० बनाए । योसंगै अग्युरोले प्रिमियर लिगमा करियरको ११ औं ह्याट्रिक पुरा गरे । र, अग्युरोले सर्वाधिक ह्याट्रिक गर्ने एलेन सेरेरको कीर्तिमानीसंग बराबरी गरेको छ ।  

 

यस्तै खेलको ८० औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६-० को जित  दिलाए । 

जितसंगै सिटी लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । सिटीले २७ खेलबाट ६५ अंक जोडेको छ । सिटीले लिभरपुललाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो ।  

एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक रहेको छ । पराजित चेल्सी २६ खेलबाट ६० अंक जोडेर लिगको छैटौं स्थानमा छ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *